न्यूज टुडे
राजविराज,२५ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्ष तथा समानुपातिक दुबै तर्फको मतगणना सम्पन्न भएको छ । मतगणनाको अन्तिम नतिजा अनुसार रास्वपा पहिलो, काँग्रेस दोश्रो, एमाले तेस्रो, नेकपा चौथो, श्रम संस्कृति पाँचौ र राप्रपा छैठो ठूलो दल बन्न सफल भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले प्रत्येक्ष तर्फ १ सय २५ र समानुपातिक तर्फ ५८ गरि २ सय ८३ सिटमा विजयी हाँसिल गरेको छ । रास्व्पाको १ सिट नपुग्दा दुई तिहाई बहुमत पुग्नबाट बन्चित भएको छ । दुईतिहाईका लागि २ सय ८४ सिट आवश्यक पर्छ ।
यसैगरी नेपाली काँग्रेसले प्रत्येक्षतर्फ १८ र समानुपातिक तर्फ १९ सीट गरि ३७ सीट प्राप्त गरि दोश्रो ठूलो दल बनेको छ भने नेकपा एमालेले प्रत्येक्ष तर्फ ९ र समानुपातिक तर्फ १७ गरि २६ सिट जितेर तेस्रो ठूलो दल बन्न सफल भएको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले प्रत्येक्ष तर्फ ८ र समानुपातिक तर्फ ८ गरि १६ सिट जितेका छन् भने श्रम संस्कृति पार्टीले प्रत्येक्ष तर्फ ३ र सामुदायिक तर्फ ४ गरि ७ सिट ल्याएको छ र राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले प्रत्येक्ष १ र समानुपातिक तर्फ ४ गरि ५ सिटमा विजयी हाँसिल गरेका छन् । प्रत्येक्ष तर्फ स्वतन्त्र उम्मेदवार महावीर पुनले १ सिट जितेका छन् ।
समानुपातिक तर्फ थ्रेसहोल्ड पुऱ्याउने दलहरू रास्वपा ५२.४३ प्रतिशत, नेपाली काँग्रेसले १७.६२ प्रतिशत, नेकपा एमाले १५ प्रतिशात नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले ७.६६ प्रतिशत ,श्रम संस्कृतिले ३.४ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )ले ३.३ प्रतिशत मत ल्याएका छन् ।
यो नतिजासंगै ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पएका छन् भने मधेसवादी दलहरूले कुनैपनि सिट ल्याउन सकेको छैन ।