पातो, १३ फागुन । स्थानिय तहमा निर्वाचित भएका पदाधिकारीहरुलाई काम, कर्तव्य र अधिकारबारे जानकारी गराउने उद्देश्यले सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आइतवारदेखि अभिमुखिकरण तथा क्षमता विकास तालिम सञ्चालन भएको छ ।
नेपाल तथा वेलायत सरकारको सहयोगमा सञ्चालित सामुदायिक विकास कार्यक्रम सिडिपी कार्यक्रम अन्तर्गत स्थानिय सरकार सञ्चालन सम्वन्धी अभिमुखिकरण तथा क्षमता विकास तालिम सञ्चालन भएको हो । डाक्नेश्वरी नगरपालिका वडा नम्वर ५ पातो स्थित उच्च माध्यमिक विद्यालयमा सुरु भएको उक्त तालिममा विश्वराज डोटेल, प्रकाश राई र टेकनारायण चौधरीले स्थानिय सरकार सञ्चालनबारे जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् ।
विश्व खाद्य कार्यक्रमको सहयोग तथा नगरपालिकाको आयोजनामा तीन दिनसम्म चल्ने उक्त तालिममा नगरपालिकाका मेयर शिवनारायण साह, उप–मेयर इन्दु देवी यादव, प्रमुख प्रशासकीय अधिकृत मिलन दाहालसहित वडा नम्वर १ देखि १० सम्मका वडा अध्यक्ष तथा नगरसभाका सम्पूर्ण जनप्रतिनिधिहरुको सहभागीता रहेको छ ।