• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा पोखरीमा डुवेर २५ बर्षिय दासको मृत्यु

राजविराजमा पोखरीमा डुवेर २५ बर्षिय दासको मृत्यु
न्यूज टुडे
राजविराज, २६ फागुन। 
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ स्थित कल्टु दास पोखरीमा मंगलबार एक युवकको डुबेर मृत्यु भएको छ ।  राजविराज ४ निवासी २५ वर्षीय  गजेन्द्र दासको पोखरीमा डुबेर मृत्यु भएको हो ।
माछा मार्न गएका दासको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले बताएका छन् । बिहान ७ बजे माछा मार्न पोखरीमा पसेका दासको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
 दुई पटक माछा मारेर बाहिर निस्किएका दास तेस्रो पटक पुनः पोखरीमा पस्दा डुबेर बेपत्ता भएको स्थानीयले बताए । 
पोखरीमा युवक डुबेको खबर पाएलगत्तै पुगेको नेपाल प्रहरीको गोताखोर टोली,  नेपाली सेनाको बरख गण, सशस्त्र प्रहरीको टोलीले करिब चार घण्टाको प्रयासपछि शव बाहिर निकालेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए  ।  सुरक्षाकर्मीको टोलीले खोजी गर्दा मृत अवस्थामा शव फेला पारेको उनले बताए । 
मृतक दासको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी पुरीले जानकारी दिए ।