• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आठ महिना वितिसक्दा पनि बाढी पीडितले पाएनन् राहत

आठ महिना वितिसक्दा पनि बाढी पीडितले पाएनन् राहत

राजविराज, १२ फागुन । बाढीले क्षति गरेको आठ महिना वित्न लाग्दा पनि सप्तरीका बाढिपिडितले अझै राहत पाउन सकेका छैन ।
बाढीले विस्थापित भएका कतिपय पिडितहरु अहिले पनि पुनर्बासका लागि राहत कुरेर जीवन विताउँदै आएका छन् । गत साउनको अन्तिम साता परेको अविरल बर्षाका कारण सप्तरीमा ३१ हजार १७० घरपरिवारको जनजीवन तहसनहस बनाएपछि उनीहरु यो बर्षको कठ्यांग्रीदो जाडो पनि राहत कुरेरै दिन बिताएका छन् ।
सरकारले दिने भनेको राहत त रेडियो तथा टिभीमा बज्ने र पत्रपत्रिकामा छापिने समाचार मात्र हुने गरेको उनीहरुको गुनासो छ । राहत कुरेर बसेका पिडितहरुलाई पुनर्बासका लागि व्यवस्था मिलाई दिनु हुन् स्थानिय राजनितिकर्मी सकुनी देवीले आग्रह गरेकी छिन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारले बाढिपिडितका लागि उपलब्ध गराएको १२ करोड ८६ लाख २५ हजार रुपियाँ राहत रकम जिल्लाको वेल्ही चपेना गाउँपालिका बाहेक सवै स्थानिय तहले बुझिसकेको छ । यद्यपी स्थानिय तहहरुले भने अहिलेसम्म पिडितहरुलाई राहत रकम उपलब्ध नगराउदाँ कतिपय पीडितहरु त्रिपालभित्र जीवन विताउन बाध्य छन् ।
गत वर्षको बाढिमा परि सप्तरीमा पाँच जनाको मृत्यु भएको थियो भने १ अर्ब ४० करोड बराबरको धनसम्पति नष्ट भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।