Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

कोशी पीडित समाजद्वारा निःशुल्क पशु स्वास्थ्य शिविर

कोशी पीडित समाजद्वारा निःशुल्क पशु स्वास्थ्य शिविर

राजविराज, ३ फागुन । अक्फाम नेपाल र कोशी पीडित समाजको साझेदारीमा सञ्चालित अर्लि फ्लड रिकोभरी प्रोजेक्ट अन्तर्गत बाढी प्रभावित पशुहरुको स्वास्थ्य शिविर विहीवार हनुमाननगरमा सम्पन्न भएको छ ।
बाढीबाट प्रभावितहरुका पशुहरुको स्वास्थ्य उपचार र सरसल्लाह दिने उद्दश्यले निःशुल्क पशु स्वास्थ्य शिविर जिल्ला पशु स्वास्थ्य कार्यालय र पशु सेवा केन्द्र हनुमाननगरको समन्वयमा सञ्चालन गरिएको हो । शिविरमा हनुमाननगरका ६५ घरधुरीका चौपायाहरुमा नाम्ले, छरौटी, छाला सम्बन्धि रोग, घाउ, कफ र ज्वरो रोग लागेका चौपाया (बाख्रा, गाई, गोरु), हाँस र कुखुरालाई निःशुल्क स्वास्थ्य उपचार र औषधी वितरण गरियो ।
शिविरमा जिल्ला पशु विकास कार्यालयका प्रमेश्वर यादव र पशु सेवा केन्द्र हनुमाननगरका प्र.स. रामकुमार यादव सहित २ जना नायव प्राविधिक सहायकले १४९ बाख्रा, गाई, गोरु, बाख्रा ४९, भैंसी पाडो ३४ समेत गरी २ सय १२ पशु चौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको संस्थाका कार्यक्रम संयोजक ज्योतिष कुमार यादवले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।