• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

चैत्रदेखि नै राजविराज विमानस्थल सञ्चालनमा आउने छः मन्त्री देव

चैत्रदेखि नै राजविराज विमानस्थल सञ्चालनमा आउने छः मन्त्री देव

राजविराज, २७ माघ । राजविराज विमानस्थल निर्माण कार्यमा ढिलाई भएको भन्दै गुनासो बढेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले शुक्रवार स्थगल अवलोकन गरेका छन् ।
५८ वर्षदेखि अलपत्र रहेको विमानस्थल निर्माण कार्य गत मंसिरभित्र धावन मार्ग(रन–वे) निर्माण कार्य सक्नुपर्ने थियो । विमानस्थल पुगेका मन्त्री देवले निर्माण कम्पनीसँग विमानस्थल निर्माणबारे जानकारी लिदै निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन् । विमान स्थलमा विमान उडाउने कार्यको शुभारम्भ आफुले नै गर्ने चाहना हुँदाहुँदै बाढी, चुनाव, शितलहरका कारण रन वे पिचिङ्ग कार्य सम्पन्न हुनमा ढिलाई भएको बताए ।
विमान स्थलकालागि थप जग्गा अधिग्रहण गर्न ५४ करोड रुपैयाँ छुट्याईसकेको मन्त्री देवले जानकारी दिँदै भने ‘राजविराज विमानस्थलबाट विमान उडाउने सपना पुरा हुने सुनिश्चित भएको देख्दा खुशी लागेको छ, काम सम्पन्न भएपछि रिबन काट्ने सौभाग्य जो कोहीले पाए पनि यो विमानस्थलबाट नियमित विमान सेवा सञ्चालन हुनु नै जिल्लावासीकोलागि खुशीको कुरा हो ।’
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रामअकवाल महतोले बुधवारदेखि रन–वे, ट्याक्सी–वे र टर्निङ्ग पोईन्टमा कालो पत्रेको कार्य सुरु गर्ने जानकारी दिए । फागुनभित्रै सम्पूर्ण कार्य पुरा गरी चैत्रको पहिलो हप्ताबाट जहाज उडाउने तयारीका साथ काम भईरहेको उनले बताए । विमानस्थल पुग्ने बाटो, एप्रोन, प्रतिक्षालय, कार पार्किङ्ग सहितका कामहरु समेत अगाडि बढाईसकिएको उनले जानकारी दिएका छन् ।
कुल ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैयाँमा एक वर्षमा काम सम्पन्न गर्ने गरी कान्छाराम, रमण र देव एण्ड शायर जेभी कम्पनीले सम्झौता गरी ०७३ मंसिर ८ गतेबाट विमानस्थल निर्माण कार्य थालेका थिए ।