• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मशालाकालागि १५ लाख रुपैयाँ बराबरको जग्गा दान

धर्मशालाकालागि १५ लाख रुपैयाँ बराबरको जग्गा दान

राजविराज, ५ फागुन । सप्तरीको मलेकपुर गाउँ विकास समितिको वडा नम्वर–५ स्थित खुरहुरिया डिहबार स्थानमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा विभिन्न व्यक्तिहरुले दान गरेका छन् ।
कार्यक्रममा धर्मशाला निर्माणकालागि मलेकपुर गाविस वडा नम्वर–६ निवासी अवकाशप्राप्त शिक्षक महिनारायण यादवले पुर्व–पश्चिम हुलाकी सडक छेउमा पर्ने करिब करिब १५ लाख रुपैयाँ मूल्य बराबरको एक कट्ठा जग्गा दान गर्ने घोषणा गरेका छन् । यस्तै मलेकपुर गाविसका निवर्तमान अध्यक्ष सुरेन्द्र प्रसाद यादवकी आमा लडुवती देवी यादवले एक लाख एक हजार रुपैयाँ उपलब्ध गराएका छन् । यस्तै मलेकपुर–५ का कपलेश्वर यादवले ६० हजार रुपैयाँ उपलब्ध गराएका छन् । कार्यक्रममा बाल व्यास विदुषी सुश्री सुविना देवीले सम्मान गरेकी छिन् ।
विहीवारदेखि भक्ति सङ्गीतमय कथा एवम् देव लिला झाँकी प्रदर्शन भईरहेको आयोजक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् । पूजा–अर्चना र आरती विहान ७ बजेदेखि ८ बजेसम्म, श्रीमद्भागवत पाठ परायण विहान ८ बजेदेखि ११ बजेसम्म, सङ्गीतमय कथा प्रवचन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, महात्मन भक्ति सङ्गीत साँझ ७ बजेदेखि रात्री ९ बजेसम्म, फागुन ११ गते तिल अर्पण तथा जागरण, फागुन १२ गते समापन एवम् पूर्णाहुती र मुक्तिनाथको शालिग्रामको दर्शन समेत गराईने कार्यक्रम रहेको उनले जानकारी दिएका छन ।