• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेश मुक्तिको माध्यम जनमत सङ्ग्रहः डा. सिके राउत

मधेश मुक्तिको माध्यम जनमत सङ्ग्रहः डा. सिके राउत

सिरहा, कार्तिक २३ । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. सिके राउतले जनमत सङ्ग्रहको माध्यमबाट मात्रै मधेशको मुक्ति हुने दावी गरेका छन् ।
सिरहाको सन्हैठा गाउँ विकास समितिमा सोमवार कवि राम विलास यादवद्वारा लिखित ’सु–मुधुर मनोवद्र्धक’ नामक कविता संग्रहको विमोचन गर्दै उनले यस्तो कुरा बताएका हुन् । वि.सं. २०१५ सालसम्म मधेशीलाई नेपाल अर्थात काठमाडौं उपत्यका जान ’भिसा’ चाहिने प्रसङ्ग उल्लेख गर्दै इतिहासमा मधेश कहिले पनि नेपालको हिस्सा नरहेको प्रष्ट्याए ।ck-raut-2 अंग्रेजहरुको कारणले मात्रै नेपालीहरुको औपनिवेशिक शासन मधेशमाथि लादिएको बताउँदै डा. राउतले भने ‘यो बाँडेर अलग हुने अंशबंडा पनि होइन, यो त हाम्रो जमीनमा २०० वर्षदेखि कब्जा जमाएर हामीमाथि उल्टै शासन गर्दै आएका नेपालीहरुसँग आफ्नो जमीन फिर्ता लिने कुरा मात्रै हो ।’
डा. राउतले क्यान्सर रोगबाट पीडित कविको विषयमा नश्वर शरीरको नाश भए पनि कविता कहिले नमर्ने र कवि आफ्नो कृति मार्फत् अमर भएको विष्लेशन गरे । मधेशको इतिहास, संस्कृति, चाडपर्व, राजनैतिक तथा सामाजिक समस्याहरुलाई समेटेर कविताहरु लेखिनु सराहनीय पक्ष रहेको उनले बताए । कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्वन्धित जनसमुदायको उल्लेख्य उपस्थिति थियो ।