सरोज यादव
सर्लाही, २८ असोज । सर्लाहीको सोहरवा–१ मा शुक्रबार इनारमा डुबेर एक बालकको ज्यान गएको छ ।
स्थानीय रामकिशोर ठाकुरको २ बर्षिय छोरा रोशन ठाकुरको ईनारमा डुबेर मृत्यु भएको हो । बिहान आमासँगै शौचालय जाने क्रममा बालक पछि लागेर घर नजिकै रहेको ईनारमा डुबेर मृत्यु भएको स्थानीयवासिन्दाले जनाएका छन् ।
दुई वर्षिय बालक आफै इनारमा डुब्बेको नभइ कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीले जनाएको छ । हत्या वा मृत्युको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । बालकको शव इनारबाट झिकेर शव परिक्षणकोलागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।