• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छिन्नमस्ता शक्तिपीठको आय–व्यय सार्वजनिक

राजविराज, १२ असोज । सप्तरीको प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको गत आर्थिक वर्ष ०७२÷०७३ को आयव्याय सार्वजनिक गरिएको छ ।

शक्तिपीठ संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष समितिका छिन्नमस्ता भगवति संरक्षण सम्वद्र्धन समितिले आयव्याय सार्वजनिक गरेको हो । आगामी वर्ष हुने लक्षज्ञचण्डी महायज्ञकालागि रथयात्रा लगायतको तयारी र अन्य कार्य व्यस्तताका कारण आय–व्याय सार्वजनिक गर्न दुई महिना ढिलो भएको संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रामनारायण यादवले जानकारी गराएका छन् ।
समितिले आर्थिक वर्ष ०७२÷०७३ मा १ करौड १६ लाख ५२ हजार ४ सय ५१ रुपैयाँको आय–व्यय सार्वजनिक गरेका छन् । तीमध्ये १८ लाख ८३ हजार ६८ रुपैयाँ बैंकमा तथा २० हजार नगद मौज्दात रहेको समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले जानकारी दिएका छन् ।
उनका अनुसार लेखा प्रतिवेदन अनुसार गत वर्ष मन्दिरलाई सबभन्दा वढि सरकारी अनुदानवाट २६ लाख २४ हजार ८ सय २६ रुपैयाँ आम्दानी भएको छ । यसैगरी बलि प्रदानवापत १५ लाख ५७ हजार ७ सय ६५, पसल भाडावाट ३ लाख ७९ हजार ४ सय ३०, विवाह मुण्डन ब्रतबन्धवापत २ लाख ३ हजार ७ सय २६, पण्डित दक्षिणावापत २ लाख २० हजार ६ सय ७७ रुपैया प्राप्त भएको छ ।
समितिले विभिन्न व्यक्तिहरुलाई विभिन्न कामकालागि गत बषए दिएको २ लाख ८२ हजार पेश्की फछ्र्यौट गर्न बाँकी रहेको जनाईएको छ भने विभिन्न व्यक्तिहरुवाट १ लाख ४१ हजार ३ सय ७५ रुपैयाँ अनुसल उपर गर्न समेत बाँकि रहेको छ । गत वर्ष करिब ८ भरी सुन र ५२ भरि चाँदी विभिन्न व्यक्तिहरुले मन्दिरमा चढाएकोमा ती सवैलाई सुरक्षित साथ राखिएको समितिका अध्यक्ष यादवले जानकारी दिएका छन् । समितिको आम्दानीमा २० प्रतिशत बृद्धि गर्ने, समितिको खर्चमा ५ प्रतिशत कम गर्ने, अधुरो निर्माण कार्य पुरा गर्ने, गिलेशन निर्माण कार्य सम्पन्न गरी व्यवस्थित गर्ने उनले बताए ।
अध्यक्ष यादवले सरसफाई, रंगरोगन, प्रचार प्रसार, पत्राचार लगायतका कार्यहरु अन्तिम चरणमा रहेको जानकारी गराएका छन् । गत वर्ष तेश्रो मधेश आन्दोलनका कारण भक्तजनहरुको उपस्थिति अलि कम देखिएपनि यस वर्ष झण्डै ५० लाखको हाराहरीमा श्रद्धालुहरु आउनसक्ने सम्भावना रहेको यादवले जानकारी गराएका छन् । यसवर्ष करिब १० हजारभन्दा बढी बलि प्रदान हुने समितिले जनाएको छ ।