राजविराज, २१ साउन । नयाँ शक्ति नेपाल सप्तरीको जिल्ला समितिको संयोजकमा छेदी रजक ‘विमल’ चयन गरिएको छ ।
समितिको सदस्यहरुमा चन्द्रदेव मण्डल, सुर्यनारायण मण्डल, नविन नरसिंह नेपाली, विरेन्द्र साह, आनन्द यादव, चन्दा साह, दिपनारायण साह, कमला गौतम, डम्वर नारायण साह, हरेराम साह, देवपाल राउत, प्रेम नारायण यादव, रेखा यादव रहेको छ ।
त्यस्तै, रामप्रसाद मण्डल, रामविलास शरण, भुवनेश्वर पासवान, कुलानन्द चौधरी, धनबहादुर विक, जयप्रसाद राम, जिवछ साह, रामचन्द्र यादव, विशेश्वर साह, मञ्जुदेवी खडगा, युक्ति राम, राजू जैसवाल, ताज मोहम्मद, जगजिवन राम, छोटेलाल यादव लगायत ३५ सदस्यीय कार्य समिति रहेको नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य नवीन नरसिंह नेपालीले जानकारी दिएका छन् ।
केन्द्रीय परिषद् सदस्य सुर्यनारायण मण्डल ‘कुरुड’को अध्यक्षतामा आयोजित भेलाको अवसरमा नयाँ शक्ति नेपालका केन्द्रीय कार्य समिति सदस्य एवम् २ नम्वर प्रदेश संयोजक महेन्द्र पासवानले अन्य पार्टीहरुको तुलनामा आफूहरुको सङ्गठन नयाँ सोच र नयाँ संकल्पका साथ अगाडि बढिरहेको बताए । हरेक समुदायको प्रतिनीधित्वको सुनिश्तिता गरेको भन्दै नयाँ समाजिक रुपान्तरण तथा नेपाल निर्माणकालागि नयाँ शक्तिको विकल्प नरहेको उनले दावी गरे ।
कार्यक्रममा महिला नेत्रृ चन्दा साह, लक्ष्मी चौधरी, क्षेत्र नम्वर–४ का संयोजक शेर सिंह, डम्बर साह, देवपाल राउत, अमृत साफी, दिपनारायण साह, आनन्द यादव, नेपाल प्रेस सोसाइटीका संयोजक नवीन नरसिंह नेपाली, केन्द्रीय सदस्यद्वय छेदी रजक ‘बिमल’, प्रेमनारायण यादवलगायतले मन्तव्य व्यक्त गरे ।