नरेशचन्द्र बरबरिया
सिरहा, २९ जेठ । मिथिलाको संस्कृति संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यका साथ शुक्रवार सिरहामा सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।
मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा आफ्नो पहिचानसँग सम्वन्धित मैथिली गीत, हास्यब्यङ्य, नाटक, कविता आदि प्रस्तुत गरिएको छ । कार्यक्रममा मिथिला स्टुडेन्टका युवा, विद्यार्थीहरु र टाईम्स स्कुलका विद्यार्थीहरु सहभागी भएका थिए । उक्त कार्यक्रमको सुरुवात नेपालको राष्ट्रिय गान र मधेस गानबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा काठमाडौबाट आएकी गायिका अञ्जली पटेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियोे भने ज्योति बि.क, सृजना गजमेर ,गायत्री सिंह, रितेश मैथिल, तेजु मैथिल, जाबेद अलि, हृदयनारायण यादव, पुजा सिंहलगायत स्कुलका छात्र–छात्राहरुको सहभागिता रहेको थियो । आगामी दिनहरुमा समेत मिथिला स्टुडेन्ट युनियन नेपालद्वारा विभिन्न स्कुलहरुमा पुगेर यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने र लोप हुँदै गइरहेको मैथिली गीत सङ्गीतलाई जगेर्ना गर्न युनियन प्रयासरत रहने सचिव गायत्री सिंहले जानकारी दिईन् । उक्त कार्यक्रमको सञ्चालन युवा साहित्यकार बिद्यानन्द वेदर्दीले गरे ।