• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

राजविराजमा राष्ट्रिय टी–टवान्टी क्रिकेट प्रतियोगिता

राजविराजमा राष्ट्रिय टी–टवान्टी क्रिकेट प्रतियोगिता

राजविराज, २४ जेठ । आगामी जेठ २९ गतेदेखि राजविराजमा राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
जिल्ला क्रिकेट संघ सप्तरीका सचिव आयुश श्रेष्ठले दिएको जानकारी अनुसार युवा संघ नेपाल राजविराजको आयोजना र सप्तरी जिल्ला क्रिकेट संघ, जिल्ला खेलकुद विकास समिति सप्तरीको समन्वयमा राजरङ्गशालाको मैदानमा विहान ८ बजेदेखि दोस्रो मदन आश्रित राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिताको सञ्चालन हुने भएको हो । प्रतियोगितामा नेपाल पुलिस क्लव, हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौ, भैरहवा–११, जनकपुर, विराटनगर र सप्तरीका टिमको सहभागिता हुनेछ ।
प्रतियोगिताका विजेता टिमलाई एक लाख, उप–विजेतालाई ५० हजार नगद पुरस्कार समेत व्यवस्था गरिएको श्रेष्ठले जानकारी दिएका छन् । पूर्वाञ्चलमै यति ठूलो राशीको पुरस्कार सहित प्रथम पटक प्रतियोगिता आयोजना हुन थालेको आयोजक युवा संघ नेपाल राजविराज नगर अध्यक्ष दीपक कुमार यादवले बताए ।
प्रतियोगिताको उद्घाटन गर्न युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टसमेत सप्तरी आउने यादवले जानकारी दिएका छन् । प्रतियोगिताकालागि तयारी तीब्र रुपमा भईरहेको जानकारी दिँदै हाल रङ्गशालाको मर्मत सम्भार तथा पीच निर्माण कार्य भईरहेको उनले बताए ।