
राकेश कुमार रसिक
यस्तै रहेछ यहाँको चलन यो ।
मरेपछि फूलका माला,
बाचुन्जेल ठूलो कसला ।
यस्तै रहेछ यहाँको चिन्तन यो ।।
यस्ता प्रवृति समाजकै महारोग ,
आदर्श र त्यागीहरुको चारैतिर वियोग ।
जिउँदोमा खोइ त गुनगान ,
मरेपछि गरिन्छ यहाँ सम्मान ।
यी मृतक संसारमा भनु के यो ,
यस्तै रहेछ यहाँको चलन यो ।।
काम गर्नेको कहाँ छ र मुल्याङ्कन ,
कत्र्तव्यनिष्ठको गरिन्छ यहाँ दहन ।
इमान्दारको सुन्ने को छन् र यहाँ,
बहिरो संसारमा भनौं कसलाई कहाँ ।
यस्तै रहेछ यहाँको जिवन यो ।।
चारैतिर छन् पराजयको मौन चित्कार ,
दुखी र पिडीतको खोइ कहाँ छन् उद्धार ।
जताततै गाईन्छ स्वार्थ जितको कर्कश राग ,
खोइ त राष्ट्र हितका लागि त्याग ।
यस्तै रहेछ यहाँको चलन यो ।।



