• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सप्तरी ११ द्वारा नेपाल पुलिस १९ रनले पराजित

सप्तरी ११ द्वारा नेपाल पुलिस १९ रनले पराजित

राजविराज, १६ बैशाख । मैत्रीपुर्ण क्रिकेट खेल्न सप्तरीको राजबिराज आएको नेपाल पुलिस क्लब पहिलो खेलमा सप्तरी ११ द्वारा १९ रनले पराजित भएको छ ।
स्थानीय राजरंगशालामा बिहिवार भएको मैत्रीपुर्ण क्रिकेटमा टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै सप्तरी ११ ले निर्धारित २० ओभरको खेलमा ९ बिकेटको नोक्सानीमा १ सय १६ रनको योगफल तयार पारेका थिए । सप्तरीका लागि बिवेक यादवले २४ तथा सिमान्त राज राई र बिकास दासले क्रमश ः १८ र १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ पुलिसका बुधि दवारियाले ३, नरेश रावलले २ तथा संजय साह र बिजय धितालले सामान १ बिकेट लिएका थिए ।
१ सय १७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको नेपाल पुलिस क्लब ९ बिकेटको नोक्सानीमा ९७ रन मात्र बनाउन सफल भएका थिए । पुलिसलाई सस्तोमा समेटन सप्तरीका बिवेक यादवले घातक बलिंग गर्दै ४ ओभरमा १२ रन मात्र खर्ची पुलिसका महत्वपुर्ण ४ बिकेट लिएका थिए । अन्य बलरहरुमा अनिल यादवले २ तथा रोबिन सिंह, गोमानन्द मण्डल र अशोक मेहताले सामान १ बिकेट लिएका थिए । पुलिसका तर्फबाट बुधि दवरियाले २७ तथा रवी चन्द १२ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएनन । खेलको म्यान अफ द म्याच सप्तरी ११ का बिवेक यादव घोषित भए ।
मैत्रीपुर्ण क्रिकेट खेल्न सप्तरी आएका नेपाल पुलिस क्लबको दोश्रो तथा अन्तिम खेल शुक्रवार बिहान ८ बजेबाट खेलिने जानकारी सप्तरी क्रिकेट संघका सचिव आयुश श्रेष्ठले दिए । यसैगरि राजरंगशालामा नै सञ्चालित अन्तर बिद्यालय टि–२० क्रिकेट प्रतियोगिता अन्र्तगतका खेलहरु समेत नेपाल पुलिससँगको प्रतिस्पर्धाका कारण अगाडि सारिएको जानकारी आयोजक समितिका रोशन मण्डलले जानकारी दिए ।