• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

वीरगञ्जमा शनिवार अन्र्तराष्ट्रिय राजनितिक गोष्ठि हुने

वीरगञ्जमा शनिवार अन्र्तराष्ट्रिय राजनितिक गोष्ठि हुने

वीरगञ्ज, २६ फागुन । बुद्ध जानकी स्टडी सेन्टरको आयोजनामा फागुन २९ गते शनिबार वीरगञ्जमा अन्र्तराष्ट्रिय राजनितिक गोष्ठि हुने भएको छ ।
गोष्ठिमा भारतका पूर्व केन्द्रीय मन्त्री, सांसद, बिद्यायक, पूर्व अधिकारी र मधेस केन्द्रित राजनितिक दलको अध्यक्षहरुको बिशेष सहभागिता रहने कार्यक्रम संयोजक ओमप्रकास सर्राफले बताए । गोष्ठिको मुख्य उद्देश्य नेपाल भारत अन्तर सम्बन्ध एवं मधेस बिषयक बिचार गोष्ठिमा चेतनशिल वौद्धिक जमात एवं बिश्लेषकहरुको समेत उपस्थिति हुने कार्यक्रम आयोजक समितिका सदस्य ईश्वर यादवले बताए ।
सो गोष्ठिबाट नेपाल र भारतको सम्बन्ध अझैं बलियो र प्रगाढ हुने बिश्वास लिएको समितीका वरिष्ठ सदस्य बिजय महासेठले बताए । फागुन २९ गते फागुन वीरगञ्जमा हुने अन्र्तराष्ट्रिय राजनितिक गोष्ठि मिडिया प्रभारीमा संतोष पटेल र प्रचार प्रसार संयोजक दिपक सर्राफ रहेका छन् ।