• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

सुनसरीद्धारा युुथ स्टारद्वारा राजबिराज पराजित

राजबिराज, ३ माघ । राजबिराजको राजदेवी खेल मैदानमा सञ्चालित पहिलो फ्रेन्ड्स कप टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत आईतवार सम्पन्न खेलमा सुनसरीद्धारा युुथ स्टार राजबिराज सजिलै ७ बिकेटले पराजित भएको छ ।
युुथले टसजिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १५ ओभर ४ बलमा सम्पुुर्ण बिकेट गुमाई ९० रनमै समेटिएको थियो । युुथ स्टारका लागि डिकराज परियार २०, राकेश कर्ण १८ तथा मनिस मण्डल र रामचन्द्र मेहताले क्रमश ः ११ र १४ रनको योगदान दिएका थिए । बलिंग तर्फ सुनसरीका सुशांक सुुवेदीले घातक बलिङ्ग गर्दै ४ ओभरमा १ मेडन सहित ८ रन दिब्ई ५ बिकेट लिएका थिए भने बिप्लब घोष र फिरोज आलमले सामान २ बिकेट लिएका थिए ।
९१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको सुनसरीले बिप्लब घोषले नटआउट ३५ रन तथा अफजल हुसैनको २४ रनको मद्धतले १० ओभर ५ बलमा उक्त लक्ष्य भेटाएका थिए । सुनसरीका ३ बिकेट अश्विन सिंहले लिएका थिए । उत्कृष्ट बलिंग गरे वापत सुनसरीका शुशान सुवेदी घोषित भएका थिए ।
प्रतियोगिता अन्र्तगत सोमवारको खेल लायन्स क्रिकेट एकेडेमी र युुथ क्रिकेट एकेडेमी बिच हुने जानकारी आयोजक समितिका बिरेन्द्र यादवले जानकारी गराए ।