• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज, १५ असोज ।

सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १ मा ठेलासित ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गमा स ५ प ३८५७ नम्बरको मोटरसाइकल ठेलामा ठोक्किएर  पोर्ताहा गाविस वडा नम्वर– १ का ३५ वर्षिय बालकृष्ण रायको मृत्यू भएको हो । उनीसँगै बसेका विनोद राय र जयप्रकाश रायको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।