• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रमुख कृषि उत्पादनका रुपमा चिनिएको धानबालीको सुरसार गर्ने समय आईसकेको छ । वर्षा सुरु भए लगत्तै रोपाइँका लागि तयारी स्वरुप धानको बीउ राख्ने समय भईसकेको छ । 
ृषि प्रधान मुलुक भनिए पनि सिचाईको पर्याप्त सुविधा नरहनाले पानीको अभाव खेप्नु पर्ने त किसानको नियतिसरह भएको छ नै । बाली लगाउँदा आकाशकै भर पर्नु पर्ने अवस्थाले छोडेको छैन । तथापि कहिले अनावृस्टि त कहिले अतिवृद्धिका कारणले नेपालका किसानहरुले दुवैतिरबाट नोक्सानी व्यहोर्नु पर्ने अवस्था पनि विद्यमान नै छ । कृषि कर्मका लागि सिचाई जस्तै अर्को प्रमुख आवश्यकता मलकै हुन जान्छ । मुलुकमा अहिलेसम्म पनि रसायनिक मलको उत्पादन हुन नसकेका कारण आयातित मलकै भरोशामा खेती गर्नुपर्ने बाध्यता छ । धान र गहुँबालीका समयमा हरेक वर्ष जसो किसानले रसायनिक मलका लागि भौतारिनु परेको कुरा नौलो होईन । सरकारले बाहिरबाट खरिद गरी ल्याएको रसायनिक मलको भरमा मुलुकमा खेतिपातीको काम हुँदै आएको छ । तर कतिले समयभन्दा ठूलो गरी मल आईपुग्ने त कहिले आवश्यकताको अनुपातमा अति नै न्यून परिमाणमा मल पाएका कारण खेती चलाउन सकस पर्ने गरेको कुरा नौलो रहेन । बलियो बहुमतका साथ गठन भएको वर्तमान सरकारले पनि जि टु जि माध्यमबाट खरिद गरी बाहिरबाट रसायनिक मलको आयात गर्ने भएको छ । उक्त मल पनि समयमा आएन भने किसानलाई छटपटी हुनेमा आशंका रहने छैन । मुलुक कृषि प्रधान भनिए पनि खाद्यान्न, तरकारी, दलहन, तेलहन लगायतमा आत्मनिर्भर हुन सकेको छैन ।
कृषि उत्पादनमा विभिन्न समस्याका कारणले ह्रास आईरहेका कारण खाद्यान्नको परनिर्भरता बढ्दो छ । यस्तो विषय अवस्थामा उत्पादकत्व वृद्धिका लािग सरकारी स्तरबाट गरिनु पर्ने कामलाई समयमै पूरा गर्ने तर्फ चासो लिनु पर्ने आवश्यकता छ । रसायनिक मलको समयमै व्यवस्था गरिदिने कार्यलाई यस क्रममा अलम्ल्याउन मिल्दैन ।