• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
प्रसिद्ध धार्मिक स्थलका रुपमा चिनिएको सप्तरीको छिन्नमस्ता सम्मको सडक खण्ड वर्षौदेखि विग्रे भत्केको अवस्थामा छ । यसको स्तरोन्नतिका लागि कैयौं पटक थरि थरिका आन्दोलन पनि भए, तर पनि सडकको अवस्था सुध्रिन सकेको छैन । 
सडक बेहाल अवस्थामा रहनाले मन्दिर दर्शनका लागि आउने श्रद्धालु भक्तजनलाई बढी सास्ती हुने गरेको छ । मुलुकका विभिन्न स्थान लगायत छिमेकी मुलुक भारतबाट समेत यहाँ उल्लेख्य संख्यामा दर्शनार्थी आउने गरेका कारण यस क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना नरहेको होईन । त्यसलाई कार्यरुप दिन सक्दा यसले जिल्लाकै विकासमा पनि ठूलो योगदान पुग्न सक्दछ । तर यत्रो सम्भाव्यता रहँदा पनि सवाृधिक आवश्यकताको विषयका रुपमा रहेको बाटोघाटोको अवस्था सम्म पनि उपयुक्त नरहेका कारण यसले ठूलो बाधा उत्पन्न हुने गरेको छ । सामान्य वर्षा भएपनि हिमाल्य सडकमा सवारी साधन फँस्ने गरेका कारण पककी र टिकाउ सडक निर्माणको मुख्य आवश्यकता छ । सडक ममृतका नाममा यदाकदा हुने गरेको टालटुले पाराले कामले केही दिनमै सडक बिग्रेर पहिलेकै अवस्थामा पुग्ने गरेका कारण ठोस कामको आवश्यकता छ । छिन्नमस्ता लगायत जिल्लाका अन्य दर्शनीय धार्मिक स्थललाई जोडेर सप्तरीलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने कुरा बेलाबखत चर्चामा नउठने गरेको होईन । तर प्रमुख आवश्यकताकै रुपमा रहेको सडकको अवस्था सुधार्ने तर्फ नै ध्यान नपुगेका कारण यो विषय चर्चा र बहसमा मात्रै सिमित हुन पुगेको छ ।
उपभोक्ता समिति मार्फत जिल्लामा थुप्रै टुक्रे योजना सञ्चालनमा नल्याईएका होईनन् । तर तिब्र आवश्यकता र बढी महत्व राजविराज–छिन्नमस्ता सडक स्तरोन्नतिको विषय भने ओझेलमा पार्ने काम हुँदै आएको छ । जिल्लाको विकासका लागि नै एक आधारशिला हुन सक्ने छिन्नमस्ता सडकको अवस्था सुधार्नका लागि सरोकारवाला सबैको ध्यानार्कषण जरुरी छ ।