• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीका विद्यालयहरुमा नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु

सप्तरीका विद्यालयहरुमा नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु
रामनाथ यादव
राजविराज , २२ वैशाख ।
सप्तरीको सामुदायिक विद्यालयहरुमा नयाँ शैक्षिक सत्रका लागि  पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । नेपाल सरकारकाे सहयोगमा सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक वितरण गर्न थालिएको हो । 
सामुदायिक विद्यालयको पाठ्यपुस्तक तत्कालका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थी अनुसार पाठयपुस्तक विद्यालयमा विषय अनुसार पुस्तक सेट  बिक्री वितरण गर्न सुरु गरिएको शिक्षा कार्यालयले जनाएको छ । 
राजविराज नगरपालिकाका शिक्षा अधिकृत भाेगेन्द्र प्रसाद यादवले  विद्यार्थीहरुलाई पाठयपुस्तक समयमा नै उपलब्ध गराएको बताए । विद्यार्थीहरुलाई पाठयपुस्तक अभाव नहुने शिक्षा अधिकृत यादवले जानकारी दिए ।
तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित रहेको राष्ट्रिय हरिहर हरिनारायण राष्ट्रिय  प्राथमिक विद्यालय सडेपार , राष्ट्रिय आधारभूत विद्यालय मंसापुर र  लक्ष्मी ,वलल्भ,नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टी, राजविराज नगरपालिका ५ स्थित  पव्लिक विन्देश्वरी माध्यमिक विद्यालय , राजविराज नगरपालिका १५ आधारभूत विद्यालय देउरी भरुवा लगायतका विद्यालयहरुले नयाँ शैक्षिकसत्रका लागि पाठयपुस्तक तथा शैक्षिक क्यालेन्डर वितरण गरेको आधारभूत विद्यालय देउरी भरुवाका प्रधानाध्यापक रामनारायण यादवले जानकारी दिए ।
राष्ट्रिय प्राथमिक विद्यालय सडेपारका प्रधानाध्यापक अरुण कुमार यादवले अभिभावक , वडा सदस्य ,शिक्षक ,कर्मचारी लगायतकाे सहभागीतामा पाठयपुस्तक वितरण गरिएको वताए ।
 राष्ट्रिय आधारभूत विद्यालय मंसापुरका प्रधानाध्यापक जितेन्द्र मंडल, वडा नम्बर ७ का अध्यक्ष हरिनारायण मंडल, वडा सचिव ब्रहम्देब रजक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मंडल, स्थानीय युवा नेता केशव कुमार मंडल,अभिभावक  , ,शिक्षक,कर्मचारी लगायतकाे सहभागीतामा पाठयपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ । 
 पवि माध्यमिक विद्यालय राजविराजमा विद्यालयका प्रधानाध्यापक माेहन कुमार मिश्र, शिक्षा अधिकृत भाेगेन्द्र प्रसाद यादव,शिक्षक,कर्मचारी लगायतकाे उपस्थितमा पाठयपुस्तक वितरण गरेको विद्यालयले जानकारी दिए ।