• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यति बेला प्रि–मनसुनको समय चल्दै छ । यस्तोमा हुने गरेको सामान्य वर्षा, हावाहुरी र चट्यांगबाट सुरक्षित रहनाका लागि मौसम पूर्वानुमान महाशाखाले आग्रह गर्दै आएको पनि छ ।
प्रि–मनसुनमा सामान्य वर्षा समेत हुन्छ । ठूलो बाढी नआएपनि साधारण वर्षामै मुलुकका कतिपय स्थानमा सडक अवरुद्ध हुने गरेका छन् । सोमबार साँझ पखको सामान्य वर्षामै विपी राजमार्ग अवरुद्ध हुँदा केही सवारी साधन फँस्न पुगेका छन् । रोशी खोलाको बहाव बढेर बीच भागमा फँसेका माइक्रो बसका यात्रुहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको मद्दतमा राती १ बजे उद्दार गरी गन्तव्य तर्फ पठाईएको छ । यसैगरी पहिरो खसेर यही समयमा अन्य केही राजमार्ग पनि अवरुद्ध भईसकेका छन् । यस्तो समयमा यात्रा गर्दा सडकको अवस्थाका बारेमा पूर्व जानकारी लिएर मात्र यात्रामा निस्कनु उपयुक्त हुने भएका कारण सावधानी अपनाउनै पर्ने हुन्छ । सडकको अवस्थाका बारेमा आवश्यक सूचना लिने तथा प्रहरीको सुझाव समेतलाई आत्मसात गरेर यात्रा गर्नु उत्तम हो । लापरवाहीका साथ यात्रा गर्दा बीच बाटोमै फँस्ने अवस्था आउनाका साथै जोखिम पनि उच्च रहने भएका कारण यस्तो समयमा विशेष सावधानीको आवश्यकता छ । प्रि–मनसुन पछि मनसुन सक्रिय हुने र पानी बढी पर्ने भएका कारण यात्रामा अझै जोखिम बढ्न सक्दछ । यात्रुहरुको विचल्ली नहोस् र सुरक्षित यात्रा हुन सकोस् भन्नाका लागि जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा व्यवस्था मिलाउने तर्फ ध्यान पु¥याउन जरुरी हुन्छ ।
यात्रुका लागि पूर्व सूचना दिने व्यवस्था मिलाउने सडक अवरुद्ध भए अवरोध हटाउनका लागि आवश्यक उपकरणको व्यवस्था मिलाउने र फँसेका यात्रुका लागि उद्दार सामग्री तैनाथी अवस्थामा राख्नु पर्ने हुन्छ । सुरक्षित यात्राका लागि व्यक्ति स्वयमले पनि सावधानी अपनाउनु बढी प्रभावकारी हुने भएका कारण यसप्रति ध्यान पु¥याउनु उत्तम हुनेछ ।