• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा सशस्त्र प्रहरी हवलदारको मृत्यु

सप्तरीमा सशस्त्र प्रहरी हवलदारको मृत्यु
न्यूज टुडे
राजविराज,१४ बैशाख । 
सप्तरीको बाेदेबर्साइन नगरपालिकाको वडा नम्बर ५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा सोमबार एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।  बारा जिल्ला घर भएका सोही  क्याम्पमा कार्यरत ३५ बर्षिय जितेन्द्र यादवको बिहान लडेर मृत्यु गएको हो ।
बिहान ३ बजे शौचालय जान लाग्दा लडेर गम्भीर घाइते हवलदार यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
लडेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
मृतक सशस्त्र प्रहरी हवलदारको शव परिक्षण गरी परिवारको जिम्मा लगाइएको तथा घटना बारे  थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।