• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘काँग्रेसलाई बलियो बनाउनका लागि जरा अभियान’

‘काँग्रेसलाई बलियो बनाउनका लागि जरा अभियान’
न्यूज टुडे
राजविराज,१३ बैशाख । 
नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि मनोजमणि आचार्यले पार्टीलाई बलियो बनाउन देश व्यापी जरा अभियान संचालन गरेको बताएका छन् । नेपाली काँग्रेसको देशभर संचालनमा रहेको जरा अभियान सप्तरी आइपुगेपछि आइतबार अभियानको विषयमा  जानकारी दिदै आचार्यले यस्तो बताएका हुन् । 
 नेपाली काँग्रेस सप्तरीले आयोजना गरेको जरा अभियान कार्यक्रममा बोल्दै उनले जरा अभियानले  काँग्रेसलाई सशक्त रुपमा अगाडि बढाउन मदत पुग्ने विश्वास व्यक्त गरे ।
उनले बदलियौ काँग्रेस, बदल्छौ देश नाराका साथ शुरू गरेको जरा अभियान राष्ट्रियताको जरा बलियो बनाउन,लोकतान्त्रको जरा सबल बनाउन,संघीयताको जरा सबल बनाउन समाजिक,एकताको जरा बलियो बनाउन लगायत उद्देश्यका साथ जरा अभियान शुरू गरेको बताए । 
कार्यक्रममा नेपाली काँग्रेस र काँग्रेससँग आबध्द रहेका भातृ एवं शुभेच्छुक संगठनहरूको उपस्थितिमा जरा अभियान काँग्रेस भित्रको समस्या टुप्पोमा नअल्झिएर जरासम्म पुगेर समस्या समाधान गर्दै अगाडि बढ्दै देश बदल्ने अभियानमा एक ढिक्का भएर काम गर्न सकारात्मक रहेको कार्यक्रमका सहभागीहरूले बताए ।
नेपाली काँग्रेसलाई दोस्रो दलको रूपमा जनताले विश्वास गरेकोले जनताको चाहना बमोजिम काम अघि बढाउन आवश्यक रहेकोले नेपाली काँग्रेसमा जरैदेखि सुदृढीकरण गरेर गतिविधि अगाडि बढाउनु आवश्यक रहेको उनीहरुको भनाइ छ । 
नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा ट्रेड युनियनको जिल्ला अध्यक्ष मनोज मण्डल, तरूण दलको जिल्ला अध्यक्ष अरूण यादव,नेविसंघको केन्द्रीय सदस्य जय प्रकाश यादव,नेपाल निजामती कर्मचारीका रघुनन्दन यादव, प्रेस युनियनका जिल्ला सचिव रमानन्द देव लगायतले आआफ्ना धारणा राख्दै जरा अभियानलाई तल्लो तहसम्म संचालन गर्नुपर्नेमा जोड दिए ।