• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

पत्रकार महासंघ सप्तरीका सहसचिव मण्डललाई कारबाहीको सिफारिस : संस्थाको मर्यादा विपरीत कार्य गरेको आरोप

पत्रकार महासंघ सप्तरीका सहसचिव मण्डललाई कारबाहीको सिफारिस : संस्थाको मर्यादा विपरीत कार्य गरेको आरोप
न्यूज टुडे
राजविराज,१२ बैशाख । 
नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव कृष्णा कुमार मण्डललाई कारबाहीको लागि माथिल्लो निकायमा सिफारिस गरिएको छ । महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मण्डललाई कारबाहीको लागि मधेस प्रदेश समितिमा सिफारिस गरेको जनाएको हो । 
मण्डलले आफ्नो फेसबुक पेजमा ‘नेपाल पत्रकार महासंघ, सप्तरी शाखाको केही काम छैन, यो शाखालाई खारेज गरे हुन्छ’ भन्ने उल्लेख गरेर संस्थाको मानहानी गरेको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
मण्डलको धारणा संस्थाको मर्यादा विपरीत देखिएपछि कार्य समितिले उहाँसंग स्पष्टीकरण सोध्यो। तर, स्पष्टीकरणमा मण्डलले ‘आफुले कुनै गल्ती नगरेको, कार्यसमितिले मात्र गल्ती गरेको र मलाई कारबाही गरे संबैधानिक र कानूनी बाटो अवलम्बन गर्ने चेतावनी दिएको विज्ञप्तिमा जनाइएको छ ।
कार्यसमितिको बैठकमा छलफल गरि टुँग्याउनुपर्ने विषय बस्तुलाई बाहिर लगि पत्रकार सम्मेलन गर्ने,धर्ना बस्ने,कार्यलाई राम्रो मान्न सकिन्न ।’ सचिव डम्बर राईद्वारा हस्तान्तरित विज्ञप्तिमा भनिएको छ,’ यही कुरालाई मध्यनजर गर्दै र स्पष्टीकरणको जवाफ समेत चित्तबुझ्दो नदेखिएपछि कार्य समितिको बैठकले कारबाहीको सिफारिस प्रदेश समितीलाई गरिसकेको छ ।’
शाखाका निर्वाचित सचिव खगेन्द्र कार्कीले राजिनामा दिएको उल्लेख गरेलगत्तै कार्यबाहक सचिब बनाउनु पर्ने अडान राख्दै आएकोमा र कार्यसमितिले लिखित राजिनामा नआएसम्म केही गर्न नसक्ने बताएपछि प्रदेश र केन्द्रमा मण्डलले दवाव सिर्जना गरेको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश र केन्द्रीय समितिले सचिबको लिखित राजिनामा नआएसम्म केही गर्न नसकिने प्रतिक्रिया आएको उल्लेख गरिएको विज्ञप्तिमा पछिल्लो पटक बसेको कार्यसमितिको बैठकले सचिव कार्कीसंग लिखित राजिनामाका लागि पहल गर्ने निर्णय गरिएकोमा उक्त अवधिमा सचिवको लिखित राजिनामा आएकोले त्यसलाई कार्यसमितिको बैठकले टुंग्याएको जनाइएको छ ।
 सहसचिब मण्डलले अन्य मागको विषयमा कार्यसमिति बैठकमा कहिले प्रस्तावको रुपमा नल्याएको बताइएको विज्ञप्तिमा नयाँ सदस्यको विषय  सम्बन्धित आन्दोलनरत पक्षसंग सहमति भएको तथा आन्दोलनरत सह सचिबले उठाएको अधिकाँश माग सम्बोधन भइसकेको दावी गरिएको छ ।
मण्डलले हुँदै नभएको कुरालाई प्रस्तुत गरि भ्रम सिर्जना गर्ने प्रवृत्तिले चिन्तित बनाएको भन्दै महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा अझैपनि यस्ता गतिविधि त्याग्न अनुरोध गर्दै नेपाल पत्रकार महासंघको विधान बमोजिम अगाडि बढ्न आन्दोलनरत सह सचिब मण्डललाई अपिल समेत गरेको छ । 
महासंघ नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शाखा सहसचिब मण्डल विगत ३ दिनदेखि महासंघको कार्यालय अगाडि निरन्तर धर्ना बस्दै आएका छन् ।