न्यूज टुडे
राजविराज,०९ बैशाख ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको साधारणसभा बैशाख २५ गते हुने भएको छ । अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा महासंघको कार्यालय राजविराजमा बुधबार बसेको कार्यसमितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहमा बैशाख २५ गते साधारणसभा गर्ने निर्णय गरेको सह सचिब डम्बर राईले बताए ।
नेपाल पत्रकार महासंघले बैशाख २१ गतेदेखि जेठ ३ गतेभित्र सबै जिल्ला शाखालाई साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको थियो ।