• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाल पत्रकार महासंघद्वारा बालेन सरकार विरुद्ध देशव्यापी अभियान

नेपाल पत्रकार महासंघद्वारा बालेन सरकार विरुद्ध देशव्यापी अभियान
न्यूज टुडे
राजविराज,०९ बैशाख ।
तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघले सरकार विरुद्ध देशव्यापी अभियान संचालन गर्ने भएको छ । महासचिव रामप्रसाद दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ( आज) बुधबारदेखि बैशाख १५ गतेसम्म प्रधानमन्त्री बालेन्द्र साह ( बालेन ) नेतृत्वको सरकार विरुद्ध अभियान संचालन गर्ने जानकारी गराएको हो । 
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विभेदकारी निर्णय र परिपत्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तर्राष्ट्रिय मापदण्ड नेपालको संबैधानिक प्रवन्ध खुल्ला अर्थ नीति र संघीयताको मर्म विपरीत भएको महासंघले ठहर गरेको छ । महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष निर्णय फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएकोमा समाधानमा सरकार उदासीन देखिएकोले देश व्यापी दबाबमुलक अभियान संचालन गर्ने निर्णयमा पुगेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
महासंघद्वारा २०८३ बैशाख  ९- १५ गते सम्मको दबाबमुलक कार्यक्रम सार्वजनिक गर्दै प्रदेश, जिल्लासहितका मातहतका सम्पूर्ण शाखाहरुलाई सक्रिय सहभागिता जनाउन महासंघले विज्ञप्तिमा निर्देशन गरेको छ । 
महासंघद्वारा सार्वजनिक गरिएको दवावमुलक कार्यक्रम अनुसार बैशाख ९ गते प्रदेश समितिद्वारा  सबै प्रदेशका मुख्यमन्त्रीसंग छलफल गर्ने,१० गते सबै जिल्ला शाखाले विहान १० बजे प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरि महासंघको अवधारणा सार्वजनिक गर्ने ११ गते सरकारको विभेदकारी निर्णय फिर्ताको अभियानलाई ऎक्यबद्वता जनाउने सम्पूर्ण संचारमाध्यमा सम्पादकीय लेखेर विरोध जनाउने र  विहान ८ बजे निर्णयको विरुद्ध सामाजिक संजालमा विरोध गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि बैशाख १४ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसंग छलफल गर्ने १५ गते नगरपालिका र गाउँपालिका महासंघसंग केन्द्रीय समिति र जिल्ला समन्वय समिति मार्फत सबै स्थानीय तहलाई संघीय सरकारको निर्णय अवज्ञा  गर्न आह्वान गर्दै शाखाले ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।