• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महगु लेखी बृद्दाश्रमद्वारा प्रजातान्त्रिक योद्धा संचारकर्मी तथा ज्येष्ठ नागरिक सम्मानित हुने

महगु लेखी बृद्दाश्रमद्वारा प्रजातान्त्रिक योद्धा संचारकर्मी तथा ज्येष्ठ नागरिक सम्मानित हुने
न्यूज टुडे
राजविराज,०१ बैशाख ।
महगु लेखी बृद्दाश्रमद्वारा प्रजातान्त्रिक योद्धा, संचारकर्मी तथा ज्येष्ठ नागरिक गरि तीन दर्जनबढी व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । सप्तरीको सप्तकोशी-५ गंङ्गाजलीमा स्थित महँगु लेखी बृद्धाश्रममा विहिबार आयोजित एक समारोहका वीच उनीहरुलाई सम्मान गरिने भएको हो । 
बहुदलीय व्यवस्था र प्रजातन्त्रका लागि निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्धको आन्दोलनमा सहभागी भई जेलनेल र हिरासतमा यातना भोगेका सप्तरी -१ का प्रजातान्त्रिक योद्धाहरु, सञ्चारकर्मी(सम्पादक)हरु र ज्येष्ठ नागरिकलाई सम्मान गरिने मधेश प्रदेश सभा सदस्य तथा निवर्तमान गृह,सञ्चार तथा कानुनमन्त्री एवम् आश्रमका संरक्षक राजकुमार लेखीले बताए ।
उनीहरुलाई मधेस प्रदेशका सभामुख रामआशिष यादवले दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको लेखीले बताए । 
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।