नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा राजविराजमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । उच्च अदालत जनकपुर-राजविराज बार एशोसिएशनले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश देश बहादुर सार्कीले कानुनलाई ब्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले प्रत्येक नागरिकले कानुन बुझेर त्यसलाई ब्यवहारमा लागु गर्यो भने अदालतमा मुद्दाको चाप घट्ने बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता सुजित कुमार पोखरेलले २०८२ साल क्रान्तिकारी र परिवर्तनकारी सालको रूपमा लिएको बताए । आगामी दिनमा मुलुकलाई विकास र समृद्धिको पथमा अघि बढ्न २०८३ साल सबैको लागि फलदायी होस् भन्दै शुभकामना व्यक्त गरे ।
उच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णानन्द देव, रामजी साह,इन्द्रदेव सिंह,पूर्व अध्यक्ष श्यामनारायण साह,रमानन्द साह,हेमनारायण चौधरी,भरत यादव देवनारायण यादव,धर्मेेन्द्र यादव,सुरेन्द्र यादव,पार्वती चौधरी लगायतले नयाँ वर्षले सबैको घरपरिवारमा सुख, शान्ति खुशी ल्याओस भन्दै शुभकामना व्यक्त गरे ।