• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचको लागि बृहत र्‍याली

बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचको लागि बृहत र्‍याली
न्यूज टुडे
राजविराज,२९ चैत । 
बालविवाह न्यूनीकरण र बालिका शिक्षामा पहुँचको लागि राजविराज नगरपालिका १ को राम टोलमा शनिबार बृहत र्याली निकालेको छ । परिकल्पना नेपाल सप्तरीको आयोजना र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा राम टोलबाट निकालिएको र्‍याली प्रदर्शन गरिएको हो । 
‘छोराछोरी बराबरी, बालविवाह अन्त्य गरौ,महिला हिंसा बन्द गरौँ,छोरा सरह छोरीलाई शिक्षा र सम्मान दिउँ,दाइजो प्रथा बन्द गरौँ’ लगायत नारा लगाउँदै र्‍यालीले टोलको परिक्रमा गगरिएको थियोे ।
जनचेतनामूलक र्‍यालीले बालिकाको शिक्षामा पहुँच बढाउन र बालविवाह न्यूनीकरणका लागि समुदायमा सकारात्मक प्रभाव पर्ने  सहभागी राजविराज १ का लक्ष्मीप्रसाद देवकोटा आधारभूत विद्यालयका प्रधानाध्यापक विक्रम झाले बताए ।
संस्थाको नियमित कार्यक्रम अन्तर्गत निकालिएको र्‍यालीमा संस्थाका कर्मचारी,पदाधिकारी सदस्यहरू,प्रहरीहरू,,स्थानीय किशोर किशोरी,महिला तथा पुरूषको सहभागिता रहेको थियोे ।