न्यूज टुडे
राजविराज,२९ चैत ।
नेपाल तामाङ घेदुङ प्रदेश नम्बर १ को अध्यक्षमा जगत तामाङ चयन भएका छन् । शनिबार सम्पन्न प्रदेश घेदुङको दोस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
नवगठित समितिका उपाध्यक्षहरुमा एकराज तामाङ रुप नारायण तामाङ गोले,बिनिता थिङ तामाङ र मुख्यसचिवमा फणीन्द्र तामाङ चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा हस्ताबहादुर तामाङ, खड्का कुमार तामाङ धनबहादुर तामाङ, टेक बहादुर तामाङ इन्द्र कुमार योन्जान, जय बहादुर तामाङ, जितेन्द्र तामाङलगायतका रहेका छन् ।