• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

डिएलएको अध्यक्ष सुरेन्द्र, सचिबमा सुधा देव निर्विरोध

डिएलएको अध्यक्ष सुरेन्द्र, सचिबमा सुधा देव निर्विरोध
न्यूज टुडे  
राजविराज,२७ चैत । 
डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए)को अध्यक्षमा अधिवक्ता सुरेन्द्र यादव निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न भएको निर्वाचनमा यादव ४८ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिद्वन्द्वी धिरेेन्द्र यादवले ८ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता प्रल्हाद घिमिरेले बताए । 
गठित समितिको उपाध्यक्षमा राममप्रकाश साह,सचिवमा सुधा देव, कोषाध्यक्षमा प्रकाश कुमार यादव निर्विरोध चयन भएका छन् । 
यसैगरी समितिको सदस्यहरूमा मिथिलेश चन्द्र लाभ र मनोज कुमार यादव निर्विरोध चयन भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।