• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा बाल संरक्षणको लागी घटना व्यवस्थापन तालीम

राजविराजमा बाल संरक्षणको लागी घटना व्यवस्थापन तालीम
न्यूज टुडे
राजविराज, २७  चैत।
बाल संरक्षण तथा बालवालिका विरुद्धका घटना व्यवस्थापन सम्बन्धी दुईदिने सीपीआईएमएस सम्बन्धि दुई दिवसीय कम्प्यूटर तालीम राजविराजमा बिहिवारदेखी शुरु भएको छ। संघीय महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय  रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यूनिसेफ नेपालको सहकार्यमा तालिम आयोजना गरेको हो ।
बालवालिका विरुद्धका कुनै पनि घटना तथा बालअधिकार उल्लंघनका घटनाहरु कम्प्यूटर सफ्टवेयरमा प्रविष्ट गरी पीडीत बालवालिकालाई छिटोछरितो सर्वसुलभ न्याय दिलाउने प्रमूख उदेश्यले तालीमको संचालन गरिएको आयोजकले जनाएको छ । 
परिषद्का परियोजना संयोजक श्रीराम अधिकारीले तालीमले कम्प्यूटर तथ्याङ्क तथा संख्याको आधारमा नीति नियम तथा बार्षिक बजेट तर्जुमा गर्न समेत प्रदेश र स्थानीय सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
यूनिसेफ नेपालका बाल संरक्षण अधिकृत कामदेव खनालले कागजपत्र, फाइलको कामलाई कम्प्यूटरले प्रतिस्थापन गर्दै  पीडित  बालबालिकालाई छिटो न्याय  दिन  टेवा पुग्ने बताए । 
“तालीमले हामीलाई नयाँ कुराहरु सिकाई रहेको छ’ सहभागी मध्येका एक बालकल्याण अधिकारीले भने,’तर हामी स्थानीय तहमा काम गर्दा इन्टरनेट कम्प्यूटरको कमीले गर्दा सिकेको सवै कुरा व्यवहारमा लागू गर्न चुनौती हुने हो की भन्ने डर पनि छ, खुशी पनि लागेको छ।’
संयोजक अधिकारी र सुचना प्रविधि सहायक उज्जल आर्चाय, धिरज प्रसाई परिषद्वाट र  यूनिसेफ नेपालको तर्फवाट पनि बाल संरक्षण तथा घटना व्यवस्थापन सम्बन्धी विविध बिषयमा जानकारी मूलक सामग्री प्रस्तुत गरे ।
परियोजना संयोजक श्रीराम अधिकारी नेतृत्वमा रहेको परिषद्को टोलीले सप्तरीको केहीे स्थानीयतह्हरुको बालअधिकार संरक्षण संयन्त्रको कार्यान्वयनमा स्थानीय तह्हरुले गरिरहेको कार्यको अनुगमन समेत गर्ने योजना रहेको बताइएको छ । 
तालिममा सप्तरी र सिराहका गरी १० वटा स्थानीयतहका बाल कल्याण अधिकारी र महिला वालवालिका हेर्ने कर्मचारी, नेपाल प्रहरी, गैर सरकारी संस्थाका प्रतिनिधि, महिला लगायत ३५ जनाले सहभागीता जनाएका छन् ।