• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अग्नीसाईर कृष्णासवन २ बेहाई खोलामा बेवारिसे मोटरसाइकल देखेपछि….

अग्नीसाईर कृष्णासवन २ बेहाई खोलामा बेवारिसे मोटरसाइकल देखेपछि….
न्यूज टुडे
राजविराज,२६ चैत ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित नवनिर्मित बेहाई पुलमा बेवारिसे अवस्थामा बिहिवार एकाविहानै एक मोटरसाइकल भेटिन्छ । मोर्निङ्गवाकमा हिडेका स्थानीयबासी एक्कसी मोटरसाइकल भएको स्थानमा पुग्छन् ।
मोटरसाइकल लडेको स्थानमा पुगेका स्थानीयले जुत्ता, जुराप, पैन्ट, टिसर्ट छरपस्ट अवस्थामा देख्छन् । हेर्दा कुनै अपहरण पछि यसरी मानिसलाई कुटपिट गरि छोडेको हो की भन्ने स्थानीय आशंका गर्छन् ।
उक्त स्थानमा एकपछि अर्को गरि मानिसहरूको भिडबढ्दै जान्छन्  । कोही पुल मुनी र नजीककै खोला किनारमा भएको घारी तिर नियाल्न पुग्छन् र कसैले प्रहरीलाई खबर गर्छन् । 
त्यतिकैमा आकाश कालोमैलो हुँदै वर्षा सुरु हुन्छ र त्याँहबाट सबैजना तितरबितर भएर आ-आफ्नो घर तिर लाग्छन् । पानी पर्दै गर्दा घटना स्थलमा दुईजना नेपाल प्रहरी मोटरसाइकल  र सशस्त्र प्रहरीको भ्यानमा आधा दर्जन सशस्त्र प्रहरी पनि पुग्छन् । 
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पुलमा लडेको यमाहा कम्पनीको प्र-२-०१-००३ प ५४२७ नम्बरको एफजेड -५ मोटरसाइकल उठाएर पुलमा ठाडो पारेर राख्छ । त्यसपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाउँदै घटना स्थलको वरिपरि  मानिस खोजतलास गर्छन् र खोलेर राखेको कपडा चेकजाँच गर्छ पेन्टको छेउको दुबै खल्ती सर्च गर्दा नगद रु २ हजार २ सय नगद, चस्मा र सुर्ती १ पुरिया फेला पार्छन् ।
प्रहरीले अन्य खोजतलास र अनुसन्धान अगाडि बढाउँदै गर्दा एक अधबैसे पुरुष मानिसको भीडमा टुपलुक्क आइपुग्छ र मोटरसाइकल, पेन्ट, जुत्ता र टिसर्ट आफ्नो भएको दाबी गर्छन् । 
सिरहा नहान नगरपालिका २४ गोविन्दपुर  बस्ने ४२ बर्षिय रविन्द्र झा नाम, ठेगाना वतन बताउने उनले आफू महुलीमा राती रक्सी खाएर रुपनी तर्फ जानेक्रमा अचेत भएर सबै लुगाकपडा खोलेको तथा मोटरसाइकल छोडेर गएको भन्दै घटना स्थलमा बरामद सबै सामान आफ्नो भएको जिकिर गर्छन् ।
आफ्नो रुपनीमा आफन्त बाहिर जाने भनेपछि आफैसंग रक्सी खाएका व्यक्तिले चलाएको मोटरसाइकलको पछाडी चढेर आएको मात्र थाहा पाएको र थप कुनै कुरा आफूले बुझ्नै नसकेको बताए । उनले आफू अर्धनग्न अबस्थामा घटना स्थलभन्दा पूर्वको १ किलो मिटरको दुरीमा रहेको गोठमा रात कटाएर बसेको बताउँछन् । 
 मविव क्याम्पस राजविराजको कर्मचारी बताउने उनले राजविराज-बनौली- जण्डोल सडकखण्ड हुँदै साथीहरुसंग महुली रक्सी खान पुगेको बताए । 
घटना स्थल पुगेका इलाका प्रहरी कार्यालय महुलीका प्रमुख प्रहरी नायव निरीक्षक हरि बहादुर पौडेलले झालाई सोधपुछ गरि मोटरसाइकल र बरामद सरसमान तथा मोटरसाइकलको धनी बताउने झा समेतलाई लिएर महुलीतीर लगेकोको स्थानीयले बताए । 
मोटरसाइकलसहित धनी बताउने झालाई नियन्त्रणमा लिई थप   सोधपुछ र अनुसन्धान भइ रहेको प्रहरी नायब निरीक्षक पौडेलले जानकारी दिए ।