• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सकरपुराको अस्पताल संचालन गर्नुपर्नेमा डा. चौधरी जोड

सकरपुराको अस्पताल संचालन गर्नुपर्नेमा डा. चौधरी जोड
न्यूज टुडे 
राजविराज,२५ चैत।
सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार डा. दिपक चौधरीले तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ३ स्थित सकरपुरामा निर्माण सम्पन्न अस्पताल संचालनमा ल्याउनु पर्नेमा जोड दिएका छन् । चुनावपछि जनतालाई धन्यवाद दिने क्रममा तिलाठीकोइलाडी गाउँपालिकाको वडा नम्बर ३ सकरपुरामा बुधबार पुगेका डा. चौधरी अस्पताल संचालनमा जोड दिएका हुन् । 
 उनले निर्माण सम्पन्न स्वास्थ्य सेवा अन्तर्गतको  अत्याधुनिक स्वास्थ्य अस्पताल हालसम्म पनि चालू हुन नसकेको प्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराए । ठेकेदार कम्पनीद्वारा निर्माण सम्पन्न भइसकेको र स्थानीय पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेका हुँदा स्थानीय निकायले यसप्रति उत्तरदायी भई यसको हस्तान्तरण लिई सक्दो चाँडो यो अस्पताल जनताको लागि खोल्नु पर्ने उनको जोड थियो । 
यो अस्पताल पूर्ण रुपमा चालू भएमा यसले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योेगदान दिन सक्ने हुँदा यसको संचालन चाँडो भन्दा चाँडो हुन पर्ने उनको भनाइ थियो ।