• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बैङ्किङ्ग कसुर, लेनदेन तथा विभिन्न मुद्दाका चारजना पक्राउ

बैङ्किङ्ग कसुर, लेनदेन तथा विभिन्न मुद्दाका चारजना पक्राउ
न्यूज टुडे
राजविराज, २५ चैत ।
सप्तरी प्रहरीले विभिन्न मुद्दाका चारजना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । बैङ्किङ्ग कसुर, लेनदेन विगो,चोरी तथा सवारी ज्यान मुद्दाका उनीहरुलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो । 
पक्राउ पर्नेमा बैङ्किङ्ग कसुर मुद्दाका सुरुङ्गा नगरपालिका १ का नागेन्द्र प्रसाद साह, लेनदेन विगो मुद्दाका  राजगढ गाउँपालिका १ का ओम प्रकाश यादव छन् । साहलाई ८ लाख ७५ हजार जरिवाना र पाँच दिन कैद तोकिएको छ भने यादवलाई २ लाख जरिवाना र ६ महिना कैद सजाय तोकिएको छ । 
उनीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि मंगलबार सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । 
यसैगरी चोरीको आरोपमा डाक्नेश्वरी नगरपालिका ९ बस्ने ३१ बर्षिय मो. हकिम, सवारी ज्यान कसुरका सोही स्थानका ३८ बर्षिय महेश कुमार चौधरी पक्राउ परेका छन् । हाकिमले राजविराज स्थित उच्च अदालत अगाडि राखेको मो. मुस्ताकको स ८५ प १८०९ नम्बर मोटरसाइकल चोरी गरेको आरोप छ । उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी  सप्तरी जिल्ला अदालतबाट चोरी कसुरमा आठ दिनको म्याद थप गरि अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । 
चौधरीलाई इलाका प्रहरी कार्यालय करोडबोनाको हिरासतमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट चार दिनको म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  विष्णुपुर- बोदेबर्साइन सडकखण्डमा चौधरीले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते महेन्द्र मलिकको उपचारको क्रममा मृत्यु भएको थियो ।