• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वडा स्तरीय सार्वजनिक सम्पती संरक्षण उप- समिति गठन

वडा स्तरीय सार्वजनिक सम्पती संरक्षण उप- समिति गठन
न्यूज टुडे
राजविराज,२४ चैत ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका २ मा वडा स्तरीय सार्वजनिक सम्पत्ति संरक्षण उप समिति गठन गरिएको छ । वडा कार्यालयमा मंगलबार आयोजित एक भेलाले वडाध्यक्ष पशुपति प्रसाद चौधरीको संयोजकत्वमा १७ सदस्यीय वडा स्तरीय उपसमिती गठन गरिएको हो । 
गठित समिति सदस्यहरुमा बेचन मण्डल,गोविन्द अधिकारी,लक्ष्मी यादव,संतोषी कुमारी चौधरी,उमेश चौधरी,दिपेन्द्र कुमार चौधरी,खड्ग बहादुर तामाङ, छोटेलाल चौधरी चयन भएका छन् । 
यसैगरी दिनेश कुमार पण्डित,राम कुमार साह, लक्ष्मी तामाङ,बतहु चौधरी ,रामपुजन चौधरी,गंगा चौधरी,संतोष कुमार चौधरी र सदस्य सचिबमा वडासचिव कुशेश्वर प्रसाद यादव रहेका छन् । 
उक्त भेलामा कार्यपालिका सदस्य श्रीकुमरी चौधरी,शोभा चौधरी, वडा सदस्य रतन कुमार खंग, पत्रकार बृजमान तामाङ, गाउँपलिका स्तरीय ऎलानी तथा सार्वजनिक सम्पत्ति संरक्षण समितिका सदस्य कुशेश्वर प्रसाद चौधरी, दयानन्द मण्डल लगायतका स्थानीय बुद्धिजीवी समाजसेवी, राजनीतिक अगुवाहरुको उपस्थिति थियो ।