न्यूज टुडे
राजविराज,२३ चैत ।
सप्तरी प्रहरीले विभिन्न मुद्दाका तीन जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । बालविवाह कसुरमा २ जना र चोरी आरोपमा १ जना गरि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बालविवाह कसुरमा १४ बर्षिय र १६ बर्षीय बालक राजविराज ६ बाट पक्राउ परेको प्रहरीले जनाएको छ । यसैगरी खडक नपा २ का बर्ष १८ मो. बरकत चोरीको आरोपमा पक्राउ गरेका छन् । राजविराज ७ का खेलेश्व् गुलेर यादवको गोजीमा हातहाली चोर्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुमाथि बालविवाह र चोरी उधोग कसुर मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।