• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गत वर्ष मधेश प्रदेशमा पानीको संकट रह्यो । खानेपानी समेतको अभावले गर्दा प्रदेश सरकारले ट्यांकरबाट पानी वितरणको व्यवस्था गर्नुपर्ने सम्मको अवस्था आयो । 
समयमा वर्षा नहुनाले रोपाइँमा समेत समस्या परेको जगजाहेर नै छ । यस वर्षको सुक्खायाम पनि सुरु भईसकेको छ । ट्युवेल, इनार, पोखरी यस्तै समयमा सुक्नाले पानीको अभाव उत्पन्न हुन सक्ने भएका कारण यो समस्याको सामना कसरी गर्न सकिन्छ भन्ने तर्फ सोच्नै पर्ने भएको छ । गत वर्ष खडेरी पर्दा तत्कालिन प्रधानमन्त्रीदेखि अन्य कतिपय उचचपदस्थ नेताहरु मधेश प्रदेश झरेर अवस्था बुझ्ने काम त भयो । तर त्यतिबेला घोषणा गरिएका कुरा पनि अझै कार्यान्वयन हुन नसकेका कारण फेरि पनि त्यस्तो समस्या बल्झियो भने के गर्ने? भन्ने प्रश्न आफ्नो ठाउँमा छँदैछ । भूमिगत जलसतह घट्दो क्रममा रहनाले पानीको संकट देखा परेको हो । पोखरी, इनार लगायतका पानीका स्रोतको संरक्षण गर्ने, हरियाली जोगाउने, दोहन रोकेर चुरेलाई विनाशबाट सुरक्षित राख्ने जस्ता कुरामा ध्यान दिन सकियो भने पानीको अभावलाई कम गर्न सकिने विज्ञहरुको सुझावलाई मनन गर्नु सान्दर्भिक हुन सक्छ ।
जलसंकट उत्पन्न हुँदा यसको असर चौतर्फी रुपले पर्ने र लामो समय यसलाई थेग्न नसकिने भएका कारणले पनि सका बारेमा समयमै ध्यान पु¥याउन आवश्यक छ । समस्याले छोपिसकेपछि मात्र समाधानको उपाय खोज्न थाल्ने हो भने ढिलो भईसक्छ भन्ने हेक्का राख्न आवश्यक छ ।