• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सस्तो लोकप्रियताले शैक्षिक गुणस्तर झन खस्किदै जाने निश्चित छ : डा. यादव

सस्तो लोकप्रियताले शैक्षिक गुणस्तर झन खस्किदै जाने निश्चित छ : डा. यादव
न्यूज टुडे
राजविराज,२३ चैत ।
शिक्षाविद् डा. सूर्यप्रसाद यादवले सरकारले लोकप्रियता कनाउने योजनाकासाथ एसइई परिक्षाको नतिजा चाँडो प्रकाशन गर्न खोजिएको भन्दै यसले शैक्षिक गुणस्तर झन खस्किदै जाने टिप्पणी गरेका छन् । न्यूज टुडेसंग सोमबार कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 
उनले परिक्षाको नतिजा चाँडो सार्वजनिक गर्नु विद्यार्थीको  हकमा राम्रो देखिएपनि प्रचलित नीति तथा सिद्धान्त विपरीत रहेको बताए ।
‘परिक्षाको नतिजा चाँडो प्रकाशन गर्नु विद्यार्थीको लागि खुशीको बिषय  हो’ उनले भने , ‘तर यसपालीको एसइई परिक्षा सरकारको पपुलरिस्ट योजना अन्तर्गत आम जनता सामु राम्रो देखिए पनि यो कार्य गोपनियता, प्रभावकारिता, नीति र प्रचलित सिद्धान्तमा आधारित रहेको देखिँदैन ।’
परिक्षा प्रणालीमा हुने फेरबदलले शैक्षिक क्रियाकलापमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै उनले यस्ता क्रियाकलाप रोक्नुपर्नेमा जोड दिए । 
‘यस प्रकारको परीक्षा प्रणाली र रिजल्ट दिने प्रवृत्तिले भविष्यमा अझ शैक्षिक स्तर खस्कदै जाने निश्चित छ’ उनले भने, ‘तसर्थ म प्रदेश सरकार र वर्तमान संघीय सरकार दुवैलाई आग्रह गर्न चाहन्छु कि यस्ता क्रियाकलापहरू तत्काल बन्द गर्नुहोस् ।’
डा. यादवले शिक्षा क्षेत्रको समग्र विकासका लागि केही बर्ष यता शैक्षिक जागरण अभियानलाई तीव्रता दिदै आएका छन् ।