थारु महिला सभा सप्तरीको तेश्रो अधिबेशन सम्पन्न भएको छ । सप्तरीको खडक नगरपालिका ६ स्थित सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा बिहीवार आयोजित अधिबेशनले अनिता कुमार चौधरीको सभापतित्वमा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गर्दै अधिबेशन सम्पन्न भएको हो ।
गठित समितिको उपसभापतिमा जनकी चौधरी,सचिबमा सर्मिला चौधरी, सह सचिबमा दीक्षा चौधरी र कोषाध्यक्षमा रुकमणी चौधरी चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा मिरा चौधरी,सीता चौधरी,ललिता चौधरी र माया चौधरी रहेको निर्वाचन समितिकी संयोजक एवम् केन्द्रीय प्रतिनिधि संतोषी कुमारी चौधरीले जानकारी दिइन् ।