न्यूज टुडे
राजविराज,१९ चैत ।
सप्तरीका युवाहरूले सरकारी निकायका।कर्मचारीको काज सरुवाको नाममा अनियमित रकम असुली जस्ता कार्यहरू गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत विहिबार मधेस प्रदेश मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुको यस्तो माग गरेका हुन् ।
सप्तरीक प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत मधेस प्रदेशका मुख्य सचिबलाई बुझाइएको ज्ञापनपत्रमा अशोभनीय आर्थिक लाभ लिएर मधेस प्रदेशको विकासीय कार्यालयमा प्रमुख पठाउने प्रवृत्तिको अत्य गर्न जोडदार माग गरिएको छ ।
कृषि ज्ञानकेन्द्र,,भेटनरी अस्पताल भौतिक पूर्वाधार , सामाजिक विकास कार्यालयहरु लगायतका मधेस प्रदेशको विभिन्न विकासीय कार्यालयमा काजमा कार्यालय प्रमुख पठाएर असुली गरिएको ज्ञापनपत्रमा आरोप लगाइएको छ ।
समय अवधी नपुगी गरिने कर्मचारी सरुवा तथा काज प्रथा तुरुन्तै बन्द गर्नुपर्ने,विचौलियाको संलग्नता तथा अबैध रकम असुलीमाथि कडाइकासाथ नियन्त्रण गर्नुपर्ने,कर्मचारीहरुलाई आफ्नो कार्यकाल पूरा गर्ने बाताबरण सुनिश्चित गर्नुपर्ने, यस्ता गतिविधिमा संलग्नमाथि छानवीन गरि अविलम्ब कारबाही अगाडी बढाउन पर्ने लगायतका माग ज्ञापनपत्रमा जोडदार रुपमा उठाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौ,गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौ, राष्ट्रिय सतर्कता केन्द्र काठमाडौ , भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मधेस प्रदेशलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा मधेस प्रदेशमा बढ्दो अनियमितता तथा अव्यवहारिक कर्मचारी व्यवस्थापन प्रणाली रोक्न आवश्यक पहल गर्न ध्यानाकर्षण गराइएको छ ।