न्यूज टुडे
राजविराज,१९ चैत ।
भूमि सुधार तथा मालपोत कार्यालय, सप्तरीबाट चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कार्यालय परिसरबाट विहिबार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा बालेश्वर चौधरी,कुलानन्द ठाकुर र अन्य दुइजना छन् । उनीहरु लेखापढी व्यवसायी रहेको श्रोत बाट खुलेको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासत राखिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले बताए। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको डिएसपी पुरीले जानकारी दिए ।