• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्रतिनिधि सभा सदस्य उम्मेदवार देवलाई हृदयघात :उपचारको क्रममा निधन

प्रतिनिधि सभा सदस्य उम्मेदवार देवलाई हृदयघात :उपचारको क्रममा निधन
न्यूज टुडे
राजविराज,१६ चैत । 
 गत २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय एकता दलका उम्मेदवार शम्भु देवको निधन भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुर र हाल राजविराज २ निवासी  देवको ह्रृदयघातको कारण ५९ वर्षको उमेरमा आइतबार  निधन  भएको हो ।
कृषि मन्त्रालयमा उपसचिवबाट १ वर्ष अघि अबकास प्राप्त भएका देव शनिबार विहान कृषि एग्रिकल्चर युनिभर्सिटी चितवनमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ह्रृदयघात भएर गम्भीर  भएका थिए ।
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्युु भएको मृतकका भान्जा दिपेश जोशीले जानकारी दिए ।
कृषि क्षेत्रको विकासमा उनले निर्वाह गरेको महत्वपूर्ण भूमिका र राजनीतिक जीवन मार्फत समाज परिवर्तनका लागि गरेको योगदान महत्त्वपूर्ण रहेको र उनको निधनले कृषि र राजनीति क्षेत्रमा अपुरणिय क्षति भएको बागेश्वरी सेवा समितिका अध्यक्ष एवं समाजसेवी ई. इन्द्रनारायण देवले बताए ।
देवको पार्थिव शरीर आइतबार नै राजविराज ल्याईएपनि अन्त्येष्टि सोमबार हुनेभएको उनको परिवारका सदस्यले जानकारी दिए। 
देवकको एक श्रीमती एक छोरा र एक छोरी छन् । उनी पछिल्लो एक वर्ष यता राजनीतिकमा समेत सक्रिय रहदै आएका थिए ।