मिटर व्याज पीडितहरुले मधेस प्रदेशको राजधानी जनकपुरमा बिहीवार शक्ति प्रदर्शन गर्दै विशाल खबरदारी सभा आयोजना गरेको छ । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन केन्द्र नेपाल मिथिला कमान्डको नेतृत्वमा शक्ति प्रदर्शन तथा खबरदारी सभा आयोजना गरिएको हो ।
खबरदारी सभामा सहभागी मिटर व्याज पीडितहरु । फोटो : न्यूज टुडे
मिथिला कमान्डको अध्यक्ष मोहन महतोको अध्यक्षतामा आयोजित बिशाल खबरदारी सभालाई सम्बोधन गर्दै,केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले नयाँ सरकारले मिटर व्याज पीडितको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
शुक्रबार रास्वपा वरिष्ठ नेता तथा नेपाली जनताको परिवर्तनको भरोसा वालेन साह प्रधानमन्त्री बन्ने भएकोले बधाई तथा शुभकामना व्यक्त गर्दै साह नेतृत्वको नयाँ सरकारले मिटर व्याज पीडितको मागलाई स्वीकार गर्ने बताए । उनले मिटर व्याजी पीडितहरुलाई न्याय दिन बालेन सरकार अग्रसर हुनेमा पूर्ण विश्वास रहेको उल्लेख गरे ।
महासचिव मनोज पासवानले देशमा भइ रहेको शोषण अन्यायको विरुद्धको आन्दोलन अगाडि बढेको बताए । न्यायाधीश सिडिओ, एसपीले गरिदै आएको भेदभाव अत्याचार दमनको विरुद्धमा दोस्रो चरणमाको बिरोध कार्यक्रम शुरु भएको भन्दै उनले प्रशासकहरुको व्यवहारमा परिबर्तन नआए कठोर आन्दोलनमा उत्रिने चेतावनी दिए । जिम्मेवार निकायको साथ सहयोग नपाउँदा थप पिडा सहनु परेको भन्दै महासचिव पासवानले शोषण दमनबाट मुक्तिका लागि आन्दोलनको विकल्प नभएको बताए ।
सभालाई मिटरब्याज सहिद परिवार केन्द्रिय सदस्य सरस्वती मिश्र,केन्द्रिय सदस्य राजाराम यादव ,केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मो. तैयव अलि तथा चारै जिल्लाका केन्द्रिय ,जिल्ला इन्चार्ज , अध्यक्ष वित्तीय संघका केन्द्रिय प्रतिनिधिहरुले सम्बोधन गरे ।
मिथिला कमाण्ड सप्तरी,सिरहा,धनुषा,महोत्तरीका गरि हजारौंको संख्यामा पीडितरु खबरदारी सभामा सहभागी भएको अध्यक्ष महतोले जानकारी दिए।
जनकपुर स्थित तिरुहुतिया गाछीबाट सुरु भएको विरोध र्याली जिल्ला प्रहरी कार्यालय, अदालत, जिल्ला प्रशासन कार्यालय,मधेस प्रदेश सरकारको कार्यालय हुँदै जनक्पुर उप महान नगरपालिकाको विभिन्न भाग परिक्रमा गर्दै रमानम्द चौकमा पुगेर सभामा परिणत भएको थियो ।
‘सिडियो, एसपी, साहुहरु मुर्दावाद, साहुको सम्पति छानबिन गर , सिडियो, एसपीलाई अविलम्ब सरुवा गर, मिटर व्याज पीडितलाई न्याय दे’ लगायतको चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरिएको थियो ।