• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविनले कानूनी जटिलताले नगर क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कन कठिनाई भएको बताएकी छिन् ।
नगर क्षेत्रमा लामखुट्टेको विगविगी चल्न थालेपछि मंगलबार पत्रकार सम्मेलन नै गरेर उनले यस्तो बताएकी हुन् । कुनै महामारीको प्रकोप नभएको अवस्थामा लामखुट्टे मार्ने औषधि छर्न नमिल्ने प्रावधान रहेका कारण अन्य विकल्पबाट लामखुट्टे नियन्त्रणको कार्य गर्ने उनको भनाई छ । यस क्रममा सरसफाईका उपाय अवलम्वन गरिने उनको योजना छ । जहाँसम्म नगर क्षेत्रमा सरसफाईको कुरा छ त्यसका लागि लामखुट्टेको विगविगी नै बढ्नुपर्छ भन्ने चाहीँ होइन । नगर क्षेत्रमा नियमित सरसफाईको कार्य लामखुट्टेको प्रकोप नचल्दा पनि जारी राख्नै पर्ने हुन्छ । लामखुट्टे फोहरको कारक नहोला तर फोहर बढ्दा लामखुट्टे फैलने कुरा चाहीँ निश्चित नै छ । राजविराजमा फोहरको अवस्थालाई हेर्ने हो भने यसकै कारण लामखुट्टेको यत्रो विगविगी बढेको भनेर जोकोहीले पनि अनुमान लगाउन सक्दछन् । फोहर नियन्त्रणमा नगरपालिकाको एकल प्रयास मात्रले सम्भव नहुने कुरामा पनि सहमति जनाउन सकिएला । तर फोहर बढाउनमा जजसले अर्धेल्याइ गर्छन नगरपालिकाको त्यस्तामाथि कडाई नगर्दा चाहीँ कतै उसको पनि यसमा सहमति पो छ कि भन्ने आशंका उठ्न सक्छ भनेर सोच्नु आवश्यक छ । नगरपालिकाका सरसफाईकर्मीले फोहर उठाएर लगेपछि सडकमा ल्याएर फोहर फालिन्छ भने त्यसमाथि नगरपालिकाले किन कारबाही चलाउँदैन? नगरपालिकामाथि नै उठ्ने गरेको प्रश्न हो यो ।
त्यसैले एउटाले गरेको फोहरका कारण अरुको स्वास्थयमाथि गम्भीर असर पर्न सक्छ भन्ने कुरालाई मनन गर्दै नगरलाई सफा राख्ने तर्फ ध्यान पु¥याउनुको विकल्प देखिन्न ।