• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जिल्ला प्रहरी कार्यालय सप्तरी कार्य सम्पादन मूल्यांकनमा मधेश प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
कार्यालय परिसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एसपी गोतम कुमार केसीले फागुन महिनाको प्रगति बिवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् । मधेश प्रदेशमा प्रथम तथा देशभरिमा पाँचौं स्थान हासिल गरेको उनले जानकारी दिएका छन् । शान्तिसुरक्षा,अपराध तथा तस्करी नियन्त्रण,सीमा सुरक्षा तथा सेवाग्राहीको सन्तुष्टी लगायतका विषयमा भएका उत्कृष्ट कार्यकै आधारमा प्रहरीको पनि सफलता निर्धारण हुने भएकोले सप्तरी प्रहरीले पनि ती विषयमा राम्रो कार्य गरेर यो नतिजा हासिल गरेको बुझ्न सकिन्छ । अहिलेसम्म भएका कामका आधारमा प्रहरीले सप्तरीमा जसरी सफलता हासिल गरेको छ यसले आगामी दिनमा पनि यसै गरी आफ्नो कार्यक्षेत्रमा डटेर लाग्नु पर्ने जिम्मेवारी थपिएको बुझ्न सकिन्छ । भनाई पनि छ कि शिखर चुम्न जति सजिलो छ त्यो भन्दा कठिनाई शिखरमा टिकिरहनुमा हुन्छ । यस आधारबाट पनि अहिले हासिल गरेको सफलतालाई टिकाएर राख्नकालागि अझै कटिबद्ध भएर लाग्नु पर्ने आवश्यकता छ । सप्तरीमा पनि अपराधिक घटना विगतमा नभएका भने होईनन् । तिनको नियन्त्रणमा प्रहरीले जति सक्रियता देखाउँछ उति नै न्यूनिकरण भएर जाने अपेक्षा र अनुमान गर्न सकिन्छ । तस्करीकै कुरा गर्ने हो भने सीमा पारीबाट भन्सार छलेर सामान ल्याउने क्रम चल्ने नै गरेको हो ।
सप्तरी उद्योग बाणिज्य संघले केही महिना पहिले प्रजिअ समक्ष डेलिगेशन गएर नै भन्सार छलेर सामान भित्र्याउने क्रम बढेका कारण राजविराजको व्यापार व्यवसाय धराशायी बन्दै गएको भनि ध्यानाकर्षण गराएकै हो । तथापि सप्तरी प्रहरीले यसपालि पाएको सफलताले कार्यक्षेत्रमा अझै कटिबद्ध भएर लाग्नकालागि प्रेरणा प्राप्त भएको रुपमा बुझ्दै भविष्यमा पनि यस्तै प्रकारको उपलब्धि हासिल गर्नकालागि प्रयत्नशील रहनु उत्तम हुनेछ ।