• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बालिका अपहरणको आरोपमा पक्राउ परेका अहमद कारागार चलान

बालिका अपहरणको आरोपमा पक्राउ परेका अहमद कारागार चलान
न्यूज टुडे
राजविराज,०४ चैत ।
सप्तरीमा एक तीन बर्षिय बालिकालाई अपहरण गरि फिरौती माग गरेको आरोपमा पक्राउ परेका एक प्रतिवादी कारागार चलान भएको छ । सप्तरीको खडक नगरपालिका ९ सर्पाका बर्ष ३० को इम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा राजविराज कारागार पठाइएको हो ।
खडक नगरपालिका ८ भाडा गरि बस्ने इमरान खानको छोरी बर्ष ७ की आसु खातुन भन्ने नेहा खातुनलाई अपहरण गरि फिरौती माग गरेको आरोपमा पक्राउ परेका अहमदलाई मंगलबार सप्तरी जिल्ला अदालत राजविराजले पुर्पक्ष्का लागि थुनामा राख्न कारागार पठाएको प्रहरीले जनाएको छ । 
अपहरण, शरीर बन्धक तथा मानव ओसारपसार सम्बन्धि कसुरमा अनुसन्धान पश्चात् अदालतले अहमद्लाई कारागार चलान गरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । 
अहमद २०८२ फागुन ७ गते सप्तरीको रुपनी गाउँपालिका १ स्थित खाँडो खोलाबाट पक्राउ परेका थिए । २०८२ फागुन ५ गते साँझ ७ बजे अपहरणमा परेकी बालिकाको बुवालाई फोन गरि फिरौती माग गर्दै खाडो खोलामा आउन भनेपछि सदा पोशाकमा खटिएका प्रहरी टोलीले अपहरित बालिकासहित अहमदलाई नियन्त्रणमा लिएका थिए ।
अहमदले बालिकालाई अल्फावेट नखुलेको मोटरसाइकलमा राखी बेपत्ता भएको सूचना हुनसाथ इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरी नेतृत्वमा खटिएका प्रहरी टोलीले खोजतलासको क्रममा बालिकालाई सकुशल अपहरण मुक्त गरेका थिए । 
फागुन ७ गते  विहान ११ बजे अपरिचित व्यक्तिले बालिकाको बुवालाई फोन गरि १ करोड रकम र ५ किलो सून लिएर खाडो खोलामा आउनु भनेपछि प्रहरीले अहमदलाई सोही स्थानबाट पक्राउ गरेको थियो ।