सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ स्थित ठाकुर्जी माविका विद्यार्थीलाई वित्तीय साक्षरता तालिम दिइएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय महुलीद्वारा विद्यालयको सभाहलमा सोमबार कक्षा ९ , ११ र १२ मा अध्यनरत छात्रछात्रालाई वित्तीय साक्षरता तालिम दिइएको हो ।
वित्तीय कारोबार सम्बन्धि जानकारी गराउँदै अनुगमन अधिकृत चौधरी । फोटो : न्यूज टुडे
प्रधानाध्यापक कामेश्वर मण्डलको अध्यक्षतामा आयोजित वित्तीय साक्षरता तालिममा वित्तीय ज्ञान गराइएको थियो । तालीम उद्घाटन गर्दै प्रधानाध्यापक मण्डलले तालिमले विद्यार्थीलाई आर्थिक कारोबार सम्बन्धि ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे ।
वित्तीय साक्षरता तालिम आफ्नो विद्यालयमा संचालन गरेकोमा आयोजकलाई धन्यवाद दिदै उनले तालिमले विद्यार्थीहरुमा पैसा कमाउने, बचत गर्ने र खर्च गर्न सिकाउने जस्ता वित्तीय ज्ञानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
महुली लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत तेज नारायण चौधरीले आर्थिक कारोबार सम्बन्धि जनचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । देशभरका ६४ वटै शाखाबाट एकहप्तासम्म वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने उनले जानकारी दिए ।
महुली लघुवित्त वित्तीय संस्था महुली शाखाका प्रबन्धक दिलिप कुमार चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत वरिष्ठ सहायक सशिकान्त चौधरीले गरे ।
कार्यक्रममा न्यूज टुडेका कार्यकारी सम्पादक बृजमान तामाङ, मावि शिक्षक सचेन्द्र जोशी, ललित चौधरी, गणेश चौधरी, महुली लघुवित्तका सहायक दिपकिरण चौधरी, श्यामसुन्दर चौधरी लगायतका उपस्थिति थियो ।