बलियो बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजयी भएको छ ।
मतगणनाको काम समेत सम्पन्न भएर अब नयाँ सरकार निर्माणको प्रतीक्षा छ । केही दिन भित्रै यो कार्य पनि पूरा भएर रास्वपा नेतृत्वमा बहुमतको सरकार गठन हुने नै छ । चालु आर्थिक वर्ष सकिन अब चार महिना भन्दा कम मात्र समय छ भने यही बेला वर्षायाम पनि सुरु भईसक्ने छ । थालनी भई पूरा नभएका विकास निर्माणका कामलाई पूर्णता दिन आर्थिक बर्ष सकिन लागेपछि मात्र तात्ने र हतार हतारमा काम सकाएर भुक्तानी लिने परिपाटी विगतदेखि नै कायम रहेको छ । प्रतिकूल समय (वषा) लागेर गरिने निर्माण कार्य टिकाउ नहुने भए पनि यस्तै समयमा ती काम बढी हुने गरेका छन् । टिकाउ हुने काम भन्दा पनि जसरी भएपनि सकाउनै पर्ने नत्र बजेट फ्रिज भएर ज ान्छ भन्ने सोचका साथ वर्षा लागेपछि हतारोमा काम गर्ने, बाँकी रहेको बजेट सकाउन अनुत्पादक शीर्षकमा खर्च गर्ने जस्ता कमजोरी पक्षलाई नियन्त्रण गर्ने तर्फ नयाँ बन्ने सरकारले ध्यान पु¥याउन आवश्यक छ । सरकारी बजेटबाट गरिने विकास निर्माणका कामहरु गुणस्तरीय र टिकाउ भए मात्र जनताले विकासको प्रत्याभूति पाउने कुरा निर्विवाद नै छ । तर त्यसतर्फ ध्यान पु¥याउन भन्दा पनि असारे विकासको तमाशा यहाँ बढी हुँदै आएका कारण यसले बजेटको दोहन मात्र हुने गरेको छ ।
नयाँ सरकार गठनको अहिले जसरी प्रतीक्षा छ, सरकार गठन लगत्तै बजेट दोहन यस विकृत परम्परामाथि अङकुश लगाउने, चालु विकास निर्माणका कामको सुक्ष्म अनुगमन र मूल्याड्ढन गर्ने अनि विगतका अधुरा योजनालाई पूर्णता दिनेतर्फ सरकारको ध्यान पुग्ने सके जनताले पनि विकासको प्रत्याभूति पाउने र बजेटको पनि सदुपयोग हुनेमा आशंका रहने छैन ।